काठमाडौं, २८ कात्तिक – आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा नेपालले युएईलाई ८४ रनमा समेटेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् । उनले युएईकी कप्तान समाइरा धर्निधरकासहित ४ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । यससँगै नेपाललाई सस्तोमा अलआउट गर्न सफल भइन् ।
नेपाललाई विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य भेट्टाउनुपर्नेछ । यदि नेपालले यो लक्ष्य छोटो समयमा पूरा गर्न सकेमा रनरेटमा पनि युएईलाई उछिनेर समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुनेछ ।
युएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । यस खेलमा जित हासिल गरेर नेपालले रिवेन्ज लिएको छ र विश्वकपमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।



































