२९ कात्तिक, पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको बुधबार राति निधन भएको छ। अस्वस्थ भएपछि उनलाई उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको थियो, तर अस्पताल पुर्याइएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए। म्याग्दी जिल्लाकी गौचन नेपाली कांग्रेसबाट समानुपातिक सांसदको रुपमा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गरिरहेकी थिइन्।
केही दिनअघि डेंगु संक्रमण भएको गौचनको मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन। यद्यपि, परिवारका सदस्यहरूले हृदयाघात भएको अनुमान गरेका छन्। गण्डकी प्रदेशमा सक्रिय नेतृको अचानक निधनले राजनीतिक वृत्त र उनका शुभेच्छुकहरूमा शोक छाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
































