नयाँ दिल्ली । बलिउडका सुपरस्टार सलमान खानकी पूर्व प्रेमिका तथा पूर्व अभिनेत्री सोमी अलीमाथि हमला भएको छ। सामाजिक अभियन्ता र अभिनेत्रीका रूपमा परिचित अली हालै एक मानव बेचबिखनमा परेकी पीडितलाई बचाउनका लागि कसरत गरिरहेकी थिइन्। यस प्रयासको क्रममा उनी आक्रमणमा परेर घाइते भएकी छिन्। अलीले आफूसँग भएका घटनाबारे खुलासा गर्दै भनेकी छिन्, “मैले पीडितलाई बचाउन प्रयास गर्दा तस्करहरूले ममाथि हमला गरे, जसका कारण मेरो हात फ्र्याक्चर भयो।”

अलीका अनुसार, घटनामा उनी निकै पीडामा रहेको र ओछ्यानमा आराम गरिरहेको छिन्। उनले आफ्नो बायाँ हात फ्र्याक्चर भएको र यसले उनलाई धेरै पीडा दिएको उल्लेख गर्दै भनेकी छिन्, “म धेरै पीडामा छु र अब म ६ देखि ८ हप्ता आराम गर्नुपर्नेछ।” उनी थप्नुभयो, “तस्करहरूले मेरो हात समातेर यसरी घुमाए कि म चिच्याउन थालेँ।”

सोमी अलीले खुलासा गर्दै भनिन् कि पीडितलाई बचाउनका लागि प्रहरीसँग मिलेर उनले कडा संघर्ष गरेकी थिइन्। यद्यपि, उनीलाई कारबाट बाहिर जान अनुमति नदिइएको कारण पीडितलाई उद्धार गर्ने क्रममा ममाथि हमला भएको र यस कारण चोट लागेको बताइन्।

– एजेन्सीको सहयोगमा

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0