काठमाडौं, ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा देशभरका सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको छ। यसैगरी, विदेशस्थित नेपाली कूटनीतिक कार्यालयहरूमा समेत झण्डा आधा झुकाइनेछ।

राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

ढुंगानाको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिनेछ। अन्त्येष्टिअघि बिहान साढे ११ बजे सानो गौचरणमा श्रद्धाञ्जली सभा आयोजना हुनेछ। श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ नेताहरूको उपस्थिति रहनेछ।

ढुंगानाको आइतबार दिउँसो उपचारका क्रममा निधन भएको हो। उनी कलेजोसम्बन्धी समस्याबाट पीडित थिए। शान्तिवार्ता र संसदीय अभ्यासमा महत्वपूर्ण भूमिका खेल्दै आएका ढुंगानाको निधनले मुलुकले एक कुशल नेतृत्व गुमाएको छ।

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0