५ मंसिर, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ७ मंसिरमा हुने प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरेको छ। रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले एमालेले गर्न लागेको प्रदर्शन आफ्नै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भएको जस्तो अर्थ लाग्ने टिप्पणी गरेका छन्।
केन्द्रीय समितिको बैठकपछि झाले सत्ता पक्षको मुख्य जिम्मेवारी डेलिभरी गर्नु हो तर प्रधानमन्त्रीकै दलले सडक प्रदर्शन गर्नु अनौठो भएको बताएका छन्। उनले नागरिकको दैनिकीलाई प्रभावित गर्ने गरी प्रदर्शन गर्नु अनुचित रहेको तर्क गरेका छन्।
झाले प्रदर्शनको स्थानले व्यावसायिक रूपमा महत्त्वपूर्ण क्षेत्रमा नकारात्मक प्रभाव पार्ने र यसले सर्वसाधारणको जनजीवनमा असर गर्ने भन्दै आपत्ति जनाए। सत्ता पक्षमै रहेका दलले यस्ता गतिविधि गर्नु अनुचित भएको उनले प्रष्ट्याए।
रास्वपाले यस्तो प्रदर्शनले सरकारको जिम्मेवारीप्रति जनतामा शंका उत्पन्न हुने र राजनीतिक स्थायित्वमा नकारात्मक प्रभाव पर्ने बताएको छ।
































