चिनियाँ बजारमा एप्पलको नयाँ आइफोन सिरिजले उत्कृष्ट सुरुवात गर्दै सुरुवाती तीन हप्तामै अघिल्लो संस्करणको तुलनामा २० प्रतिशतले बढी बिक्री गरेको छ। काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार, आइफोन १६ प्रो र प्रो म्याक्स मोडेलप्रति चिनियाँ ग्राहकको आकर्षण सबैभन्दा धेरै रहेको छ। यी मोडेलहरूको बिक्री अघिल्लो वर्षको १५ संस्करणको तुलनामा ४४ प्रतिशतले बढी रहेको रिपोर्टले देखाएको छ।

चीनमा एप्पल र हुवावे दुवैले गत सेप्टेम्बर २० मा एकसाथ नयाँ फोनको बिक्री सुरु गरेका थिए। यसले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा तीव्र प्रतिस्पर्धा प्रष्ट्याएको छ।

यद्यपि, समग्रमा आइफोनको बिक्री भने २ प्रतिशतले घटेको छ। पुराना आइफोन मोडेलहरूको घट्दो माग र हुवावेको मेट तथा पूरा सिरिजका स्मार्टफोनसँगको तीव्र प्रतिस्पर्धाले एप्पलको बजार हिस्सा घटाउन भूमिका खेलेको छ।

स्थानीय ब्राण्डका स्मार्टफोनहरूको प्रभावले पनि एप्पललाई पछिल्लो समय चुनौतिपूर्ण अवस्थामा राखेको छ। तर, आइफोन १६ सिरिजको सफल सुरुवातले एप्पलका लागि आशाजनक संकेत दिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0