पोखरा, १२ मंसिर – इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो। तर, मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेपछि युद्धविराम तत्काल कार्यान्वयनमा आउने विश्वास गरिएको छ।

सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछन् भने हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्नेछ। संयुक्त राष्ट्रसंघले यो सहमतिको स्वागत गर्दै दुवै पक्षलाई युद्धविरामको पूर्ण पालना गर्न आह्वान गरेको छ। महासचिव एन्टोनियो गुटेरेसले सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न जोड दिएका छन्।

यो सहमतिले दुई देशबीच जारी तनावलाई समाप्त गर्दै क्षेत्रीय स्थायित्वका लागि महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0