पोखरा, १३ मंसिर। परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी मंसिर १७ गतेदेखि सुरु हुने चीन भ्रमणको तयारीका लागि मन्त्री राणा चीन प्रस्थान गर्न लागेकी हुन्।

मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणाले मंसिर १४ गते छेङ्दुमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछिन्। स्रोतका अनुसार छेङ्दुमा आयोजित एक कार्यक्रममा भाग लिन आउने वाङ यी र परराष्ट्रमन्त्री राणाबीच द्विपक्षीय छलफल हुनेछ।

भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण र दुई देशका आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली मंसिर १७ मा ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जाँदैछन्। परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीको भ्रमण टोलीमा पनि सहभागी हुनेछिन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0