१५ मंसिर, काठमाडौं। ओमानस्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सामाजिक सुरक्षा कोषमा आबद्धता, योगदानको नियमितता तथा श्रम एवं कन्सुलर सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नेपाली राजदूत डोरनाथ अर्यालले सामाजिक सुरक्षा कोष र श्रमिक सुरक्षाका लागि नेपाल सरकारले चालेका कदमबारे जानकारी गराउँदै ओमानको कानुनको पूर्ण पालना गर्न आग्रह गरे।

सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले कोषमा आबद्ध हुने प्रक्रिया र फाइदाबारे जानकारी गराए। दुई सय १५ जना सेवाग्राहीले लाभ लिएको उक्त कार्यक्रममा श्रम र कन्सुलर सेवासम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो।

राजदूतावासले सार्वजनिक बिदाको दिनमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी शिविर सञ्चालन गर्दै आएकोमा विदेशमा सामाजिक सुरक्षा सम्बन्धी सेवा पहिलो पटक सञ्चालन गरिएको हो। यो प्रयासले नेपाली श्रमिकहरूको सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

– रासस

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0