१५ मंसिर, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति निवासमा भेटवार्ता भएको छ। भेटमा आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले जानकारी गराएका छन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई भ्रमण सफलताको शुभकामना दिएका छन्। प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि छलफलमा सहभागी भएका थिए।

प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाने तयारीमा रहेका छन्। सचिवालयका अनुसार भ्रमणबारे जानकारीसँगै अन्य विविध विषयमा पनि छलफल भएको छ। परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0