१५ मंसिर, काठमाडौं। शनिबार बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच २ घण्टा छलफल भएको छ। बैठकमा बीआरआई (बेल्ट एन्ड रोड इनिसियेटिभ) बारे छलफल भएको एक सहभागी नेताले जानकारी दिए। बीआरआईमा सहमति खोज्न बनेको कार्यदलको रिपोर्ट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रस्तुत गरेका थिए।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र दुवै दलका अन्य शीर्ष नेताहरु पूर्णबहादुर खड्का, विष्णु पौडेल, गगन थापा, विष्णु रिमाल र रमेश लेखक लगायत सहभागी थिए।
बैठकमा बीआरआईमा सहमति खोज्न बनेको कार्यदलको कामको सराहना गर्दै ओली र देउवाले धन्यवाद व्यक्त गरेका थिए।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1































