वीरगञ्ज, १९ मंसिर। पूर्व गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सानो पाइला सहकारीको बचत अपचलनको घटनामा अनुसन्धान गर्न प्रहरीले बधुबार अनुमति प्राप्त गरेको हो।

लामिछाने प्रबन्ध निर्देशक रहेको बेला करिब ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएका थिए। पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलका अनुसार, लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् र अन्य जिल्लामा पनि बयान दिइरहेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0