काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा बुधबार सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गरेको छ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपैयाँ रहेको छ। सभामा अध्यक्ष श्रेष्ठले अघिल्लो आर्थिक वर्षमा बैंकले कर्जातर्फ १८.९२ प्रतिशतले वृद्धि गर्दै कुल १ खर्ब ९३ अर्ब तथा निक्षेपतर्फ २०.६९ प्रतिशतले वृद्धि गर्दै कुल २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको जानकारी दिए।

सञ्चालन मुनाफामा पनि बैंकले गतवर्षभन्दा १७.७२ प्रतिशतले वृद्धि गर्दै ७ अर्ब ५१ करोड आर्जन गरेको छ। सभाले बैंकको आर्थिक प्रगति र भविष्यका योजना सफल बनाउन निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0