२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदैछ। सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन्। देउवा शुक्रबार नै विराटनगर पुगेका थिए।
सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरू सहभागी हुनेछन्। संघीयता लागू भएपछि कोशीमा यो पहिलोपटक सम्मेलन हुन लागेको हो। सम्मेलनमा वार्षिक प्रगतिसमीक्षा तथा आगामी रणनीतिबारे छलफल गरी निर्णय लिइने छ।
तर, संस्थापनइतर नेता डा. शेखर कोइरालाले भने वरीयता विवादका कारण आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने निर्णय गरेका छन्। स्रोतका अनुसार, कोइराला दोस्रो वरीयतामा उपसभापति खड्कालाई राखिएको विषयप्रति असन्तुष्ट छन्। अन्य नेताहरू विराटनगर पुगेका बेला कोइराला भने चितवनमा दुई शोकसभामा सहभागी हुनेछन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
































