Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

२२ मंसिर, जनकपुरधाम । जनकपुरधाममा आयोजित सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत राम र सीताको विवाह वैदिक परम्पराअनुसार सम्पन्न भएको छ। शुक्रबार साँझदेखि जानकी मन्दिरमा विवाहको विधि रातभर चलेको थियो।
मंसिर १६ गते सुरु भएको महोत्सवको मुख्यदिन बाह्रविघा रंगभूमि मैदानमा डोला फेर गरी स्वयम्बर सम्पन्न भयो। विवाहपछि रामकलेवाको परम्परा अन्तर्गत आज अयोध्याबाट आएका साधुशन्तलाई ५६ व्यञ्जन परिकार भोजन गराई बिदाइ गरिँदैछ।
विवाहपञ्चमीको यो महोत्सव त्रेता युगमा राम र सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष उल्लासपूर्वक मनाइन्छ। श्रद्धालुहरू विवाह सम्पन्न भएपछि आ-आफ्नो घर फर्किन थालेका छन्।




