काठमाडौं, २३ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) को चौथो खेलमा जनकपुरले १३७ रनको लक्ष्य लुम्बिनीलाई दिएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १३७ रन बनाएको थियो। लुम्बिनीले लक्ष्य पछ्याउँदा पावरप्लेमा १ विकेट गुमाउँदै ३७ रन बनायो। ओपनर ब्याटर अशुतोष घिरौया ८ रनमा क्याच भएर आउट भए। ७.३ ओभरमा लुम्बिनीले ५० रन पुरा गरेको थियो। १० ओभरको खेल समाप्तीमा लुम्बिनीले ६४ रनमा २ विकेट गुमाएको छ। अन्तिम बलमा शेर मल्लले अर्जुन साउदलाई बोल्ड आउट गरे। जनकपुरले चार खेलमा तीन जित हासिल गरेको छ भने लुम्बिनीले कुनै खेल पनि जित्न सकेको छैन।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1



































