मंसिर २६, पोखरा। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६औँ पोखरा सडक महोत्सव हुने भएको छ। ‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको सडक महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए।
उनका अनुसार हरेक वर्ष लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गर्न लागिएको हो। महोत्सव पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण बन्दै गएको रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले उल्लेख गरे। कला संस्कृति प्रवर्द्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उनको भनाइ छ।
महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिताहरू रहेका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले जानकारी दिए। यस वर्ष लमजुङबाट कृष्ण चरित्रका साथै भोजपुरी नृत्य आदि सांस्कृतिक प्रस्तुतिका साथै छिमेकी राष्ट्र भारत र चीनका सांस्कृतिक प्रस्तुति समेत रहने उनको भनाइ छ।
पोखरामा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने चलन थियो। नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे। तर, २५ वर्षयता पोखरामै सडक महोत्सव हुन थालेपछि नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको छ।
महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराको दाबी छ। रेबानले यस वर्ष पनि आगामी १३–१७ पुससम्म फेवाताल किनार लेकसाइडमा २६ औं पोखरा सडक महोत्सव तयारी गरेको छ। अंग्रेजी नयाँ वर्ष–२०२५ अवसरमा ५ दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको सोमबार पत्रकार सम्मेलनमा आयोजकले जनायो।
‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ व्यवसायीले सडकमै रेष्टुरेन्ट उतारेर ग्राहकलाई सेवा दिने छन्। महोत्सव संयोजक विकास भट्टराईका अनुसार महोत्सवको आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, र पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था रहेका छन्।
यस्तै, पोखराका विभिन्न साहसिक खेलकुदको डकुमेन्टी प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवद्र्धन लगायत कार्यक्रम हुने छन्। रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले महोत्सवले नेपालमा कला, संस्कृति, तथा पर्यटनलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने राम्रो अवसर प्रदान गरेको छ। उनका अनुसार समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको छ।
मुख्य प्रायोजकमा गोर्खा बुअरी प्रालिको टुबोर्ग वियर हो। प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् छन्। पोखराको लेकसाइड क्षेत्रमा २५ वर्षदेखि हुदै आएको महोत्सवलाई रेबानले यसपटक पनि निरन्तरता दिएको हो। “सडक मै खाउ, सडक मै रमाउँ” भन्ने नारासाथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्दै आएको आयोजकले हिजो पत्रकार सम्मेलन गरी जनाएको हो।

































