२८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक तीन दिन पछि सरेको छ। शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले तयारी नपुग्ने कारण देखाउँदै केन्द्रीय समिति बैठक पुस २१ गतेका लागि सार्ने निर्णय गरेको हो। यसअघि बैठक पुस १८ गतेका लागि निर्धारण गरिएको थियो।

स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले बैठक सार्ने प्रस्ताव राखेका थिए, जसलाई सर्वसम्मत पारित गरिएको छ। बैठकमा सातै प्रदेशका इन्चार्जले निर्वाचनको अवस्थाबारे आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। उनीहरुले माओवादी एकताबद्ध भएर अघि बढ्ने हो भने जनताको समर्थन अझै पनि कायम रहेको धारणा राखेका थिए।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाबारे ब्रिफिङ गरेका थिए। पार्टीभित्र आगामी रणनीति तय गर्न तथा निर्वाचन परिणामको समिक्षा गर्न केन्द्रीय समिति बैठकले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0