२९ मंसिर, पोखरा । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजनको टुंगो आइतबार लाग्ने भएको छ। पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकमा आगामी कार्ययोजना र सदस्यहरूको कार्यविभाजनबारे व्यापक छलफल भइरहेको छ।

खतिवडाले स्थायी कमिटीका सदस्यहरूले बैठकमा पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै पार्टीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा धारणा राखेको जानकारी दिए। उनले आजको बैठकमा आफ्नो विचार प्रस्तुत गर्ने नेताहरूमा जगन्नाथ खतिवडा, जयन्ती राई, गङ्गालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह रहेका बताए।

बैठकमा पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने रणनीति, र समग्र पार्टीलाई एकजुट बनाउने विषयमा गम्भीर छलफल भएको छ। बैठक आइतबारसम्म जारी रहनेछ र त्यस दिन कार्यविभाजनको निर्णय गरिने प्रवक्ता खतिवडाले बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0