२९ मंसिर, नवलपुर। गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण, र सुशासन कायम गर्दै संविधान कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै गृहमन्त्री लेखकले दिगो विकास, शान्ति र समृद्धिका लागि सरकारको प्रयास निरन्तर जारी रहेको उल्लेख गरे।

उनले स्थायी सरकारको अभावमा आर्थिक गतिविधि सुस्त भएको र विकास निर्माणका कामले गति लिन नसकेको अवस्थालाई सम्बोधन गर्न गठबन्धन सरकार गठन गरिएको स्पष्ट पारे। “सुशासन र विकास निर्माणका कामलाई तीव्रता दिन सरकार कटिबद्ध छ,” उनले भने।

फरक प्रसङ्गमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणलाई सफल बताउँदै छिमेकी मुलुकहरूसँग सुमधुर र सौहार्दपूर्ण सम्बन्ध कायम रहेको धारणा व्यक्त गरे। उनका अनुसार छिमेकीहरूसँग सहकार्यले मुलुकको समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास सरकारलाई छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0