काठमाडौं, १ पुस — आज राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले राष्ट्रिय झण्डा दिवस मनाएको छ। काठमाडौंको बसन्तपुरमा नागरिकहरूको एक समूहले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै दिवसको अवसरमा सहभागी भए।
नेपालको राष्ट्रिय झण्डा २०१९ साल पुस १ गते संयुक्त राष्ट्रसंघमा अंगिकृत भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। प्रतिष्ठानले २०७५ सालको पुस १ गतेदेखि यो दिवस मनाउने परम्परा शुरु गरेको हो।
प्रतिष्ठानका अनुसार, पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न जुलुस र नारामा भइरहेको छ। यसैले राष्ट्रिय झण्डालाई केवल राष्ट्रको पहिचानको रूपमा मात्र प्रयोग गर्नुपर्ने र यसको सम्मानको रक्षा गर्नुपर्नेमा जोड दिइएको छ।
प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस मनाउँदै आएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























