काठमाडौं, १ पुस — काठमाडौंका पूर्वमेयर र पूर्वमन्त्री पीएल सिंहको निधन भएको छ। ८८ वर्षका सिंहको निधन गएराति १ बजे काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा रहेको निवासमा भएको हो।
सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा विजयी भइ काठमाडौं महानगरपालिकाका मेयर बनेका थिए। लामो समयदेखि अस्वस्थ रहेका सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो। उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगीको भूमिका निभाएका थिए।
तर, कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनले राजनीति निष्क्रिय बनाए। उनी पछिल्लो समय गणेशमान सिंहका छोरा, उपप्रधानमन्त्री र शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै थिए। निधन पनि प्रकाशमान सिंहकै निवासमा भएको हो।
पीएल सिंह अविवाहित थिए र उनका भाइ र बहिनीहरु रहेका छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























