काठमाडौं, १ पुस — पूर्वमेयर पीएल सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ। महानगरपालिकाका सबै कार्यालयहरूमा अत्यावश्यक बाहेकका सेवाहरू बन्द राखिएको छ।
सिंह २०४९ सालमा तत्कालीन काठमाडौं नगरपालिकाका मेयर निर्वाचित भएका थिए र उनको पहलमा काठमाडौंलाई २०५२ सालमा महानगरपालिका घोषणा गरिएको थियो। सिंहको ८८ वर्षको उमेरमा निधन भएको हो। उनका पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म ठमेलस्थित चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि, दिउँसो १२ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ।
सिंहको अन्त्येष्टि आज कंकेश्वरी मन्दिर नजिकको लख तीर्थमा गरिनेछ। पीएल सिंह अविवाहित थिए र उनका भाइ र बहिनीहरू छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
































