राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। लामिछानेसँगै अन्य ५ जनालाई पनि अदालतमा हाजिर गराइएको हो। अनुसन्धान अझै जारी रहेको भन्दै आज म्याद थपका लागि उनीहरूलाई अदालत लगिएको हो।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अभियोजन गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। उक्त प्रतिवेदनमा लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने उल्लेख छ।

सहकारी ठगीमा पक्राउ परेका लामिछानेसहितबाट १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रतिवेदनमा व्यक्त गरिएको छ। लामिछानेसहितको अनुसन्धानका लागि म्याद मंगलबार सकिन लागेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0