काठमाडौं, पुस ५ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। जर्मनीको बर्लिन हुँदै आज बिहान दिल्ली आइपुगेकी उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्।
मन्त्री राणाले केही दिन भारतमा बिताउने छिन्। यस अवधिमा उनले भारतीय समकक्षी एस जयशंकरसहित विभिन्न उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ। दिल्लीस्थित एक सार्वजनिक कार्यक्रममा उनको सहभागीता सुनिश्चित गरिएको छ।
परराष्ट्रमन्त्री राणाले सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका तयारीबारे भारतीय अधिकारीहरूसँग छलफल गर्ने अपेक्षा गरिएको छ। यो भ्रमणले नेपाल–भारत सम्बन्धमा थप सकारात्मक पहलको सम्भावना रहेको विश्लेषकहरूले औंल्याएका छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

































