काठमाडौं, पुस ८ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतले सोमबार बिहान शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

शपथग्रहण गर्नेमा रुसी महासङ्घका राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा. शङ्करप्रसाद शर्मा हुनुहुन्छ।

सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति कार्यालयले शपथग्रहणको औपचारिकता पूरा भएको जनाएको छ।

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0