स्याङ्जा, ९ पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आलमदेवी मन्दिरको दर्शन तथा अवलोकनका लागि स्याङ्जा पुग्दा नागरिकहरूले भव्य स्वागत गरेका छन्। स्याङ्जा र कास्कीको सिमाना फेदीखोलादेखि पुतलीबजार, भिरकोट, वालिङ, गल्याङ हुँदै कालीगण्डकीसम्मका विभिन्न स्थानमा उनलाई स्थानीयबासीले फूलमाला र बाजागाजासहित स्वागत गरेका हुन्।

भण्डारी आज दिउँसो शाहवंशको कुलदेवताको रूपमा मानिने आलमदेवी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिएका छन्। उनका अनुसार पूर्वराष्ट्रपति नितान्त धार्मिक प्रयोजनका लागि आएका कारण कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन।

सडकमार्ग हुँदै स्याङ्जा आएकी भण्डारीलाई स्वागत गर्न स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। आलमदेवी मन्दिर नेपालको सांस्कृतिक महत्त्वको केन्द्र भएकाले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पनि यस भ्रमणले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0