पोखरा, ११ पुस । फेवातालमा दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ सुरु हुन लागेको छ। प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी र पाहुनाहरू सहित १२९ जनाको टोली लिएर सिचुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमान चीनको छेन्दुबाट चार्टर फ्लाइटमार्फत सिधै पोखरा आएको हो।

आगन्तुक टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, चीनका राजदूत चेन सोङ लगायतले स्वागत गरे।

ड्रागन बोट रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा औपचारिक रूपमा सुरु गरिएको हो। यस वर्ष पौष १४ र १५ गते फेवातालमा प्रतियोगिता महोत्सवको रूपमा आयोजना हुँदैछ।

नेपाल, चीन, र सिङ्गापुरका २० समूहको सहभागिता रहने प्रतियोगिताले दुईपक्षीय सम्बन्ध सुदृढ गर्ने र पोखरामा जलक्रीडाको सम्भावना बढाउन सहयोग गर्ने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0