काठमाडौं । नेपाली चलचित्र उद्योगले आगामी नयाँ वर्षलाई लक्षित गर्दै चलचित्र रिलिजको मिति धमाधम सार्वजनिक गरिरहेको छ। यही क्रममा अभिनेता राजेश हमाल र अभिनेत्री नीति शाहको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘नरसिंहाः अवतार’ पनि चैत २९ मा रिलिज हुने घोषणा गरिएको छ।

निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रबाट राजेश हमाल आठ वर्षपछि ठूलो पर्दामा फर्किन लागेका हुन्। चलचित्रमा नीति शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, नीर शाह, सरोज खनाल लगायतका कलाकारको पनि अभिनय छ।

चैत २९ मा ‘नरसिंहाः अवतार’सँगै प्रदीप खड्का, दयाहाङ राई र सौगात मल्ल अभिनीत ‘पिताम्बर’, समीर भट्टको ‘बलिदान’ र विपिन कार्कीको ‘कर्मा’ पनि रिलिज हुँदै छन्। यो नयाँ वर्षमा नेपाली दर्शकले चार ठूला चलचित्र हेर्ने अवसर पाउने भएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0