काठमाडौं, पुस १४ । भक्तपुरको साँगामा हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, लुक्लाबाट काठमाडौं आउँदै गरेको उक्त हेलिकोप्टरमा चरा ठोक्किएपछि पाइलटले सुरक्षित अवतरण गराएका हुन्।
हेलिकोप्टरमा रहेका ६ जना यात्रु र पाइलट सबै सकुशल छन्। प्रवक्ता शेर्पाले चरा ठोक्किए पनि हेलिकोप्टरमा अन्य कुनै प्राविधिक समस्या नदेखिएको बताउनुभयो। पाइलटले सतर्कताका साथ आकस्मिक अवतरण गराएका कारण कुनै दुर्घटना नभएको उहाँले जानकारी दिनुभयो।
यस घटनापछि यात्रुहरूलाई अर्को हेलिकोप्टरमार्फत गन्तव्यमा पठाइएको छ। हेलिकोप्टरको अवस्थाबारे थप जाँच भइरहेको विमानस्थल प्रशासनले जनाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

































