काठमाडौं, १४ पुस। साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक २१.१२ अंकले घट्दै २,६०९ बिन्दुमा कायम भएको छ। कारोबारका क्रममा बजार पौने १ बजे २,६४० बिन्दु पुग्न सफल भए पनि पछि बिक्री चापका कारण ओरालो लागेको हो।
कारोबार रकम भने केही वृद्धि भएको छ। बिहीबारको ५ अर्ब ३२ करोडको तुलनामा आज ५ अर्ब ४७ करोडको कारोबार भएको छ। ६९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १७२ कम्पनीको घटेको र २ कम्पनीको स्थिर रहेको छ।
माइक्रोफाइनान्स समूहमा १.१२ प्रतिशतले सुधार देखिएको छ भने अन्य समूह ०.२९ प्रतिशतले बढ्यो। तर, फाइनान्स समूह ४.४७ प्रतिशतले सबैभन्दा बढी घटेको छ। बैंकिङ, विकास बैंक, हाइड्रोपावर, उत्पादन, व्यापार, जीवन बीमा, र निर्जीवन बीमामा पनि गिरावट देखिएको छ।
महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त, र एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्यमा समेत सकारात्मक वृद्धि भएको छ।
तर, सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स, र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ। कारोबार रकममा प्रभु बैंक, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एनएलजी इन्स्योरेन्स, र रिभर फल्स पावर शीर्ष स्थानमा रहे।





























