काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाले शपथ लिएका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको शुभकामना दिए। सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहित नेपाल सरकारका उच्च अधिकारीहरूको उपस्थिति रहेको सो समारोहले विश्वविद्यालयहरूको नेतृत्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0