धनगढी, १६ पुस । धनगढी उपमहानगरपालिकाले उज्यालो धनगढी अभियानअन्तर्गत भित्री सडकहरूमा पनि रोप लाइट जडान गरेको छ। सुरुमा मोहनापुल–अत्तरिया ६ लेन सडकमा लाइट जडान गरेको उपमहानगरपालिकाले त्यसपछि क्याम्पस रोड हुँदै गुल्म–एसपीए चौराहा खण्डमा रोप लाइट जडान गरेको हो।
नगर उपप्रमुख कन्दकला रानाले सो सडक खण्डमा लाइट बालेर औपचारिक रूपमा उद्घाटन गरिन्। सहिद गेटदेखि क्याम्पस रोडसम्मका पोलहरूमा जडान गरिएका रोप लाइट शुक्रबार एक कार्यक्रमकाबीच सञ्चालनमा ल्याइएको थियो।
कार्यक्रममा नगरका कर्मचारी, पदाधिकारी र स्थानीयबासीको उत्साहजनक उपस्थिति थियो। उपमहानगरपालिकाले धनगढीका सबै सडक खण्डमा रात्रीकालीन बत्ती जडान गरी उज्यालो नगर बनाउने अभियानलाई क्रमिक रूपमा अघि बढाइरहेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

































