उदयपुर। उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षा समाजको आधारभूत स्तम्भ भएको भन्दै शिक्षा प्रणालीलाई साक्षरतासम्म सीमित नगरी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने आवश्यकता औल्याए। उनले भने, “शिक्षा त केवल साक्षरता होइन, यो श्रम, रोजगारी र देशभक्तिसँग जोडिनु पर्छ, मात्र यसरी शिक्षा देशको विकासमा योगदान पुर्याउन सक्छ।”
उपाध्यक्ष यादव चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती माध्यामिक बिद्यालय सिद्धिपुर सावाको स्वर्ण जयन्ती समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै थे। उनले विश्वका परिवर्तनशील प्रविधि र परिवेशसँग मेल खाने गरी शिक्षा प्रणाली, पाठ्यक्रम र शिक्षण विधिको परिमार्जन गर्नु अत्यन्तै आवश्यक रहेको बताए।
शिक्षाले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउने उद्धारण दिँदै उपराष्ट्रपति यादवले भन्नुभयो, “शिक्षा केवल विद्या प्राप्ति मात्र होइन, यो जीवनका कठिन समयमा चुनौतीहरूको सामना गर्न समेत सहयोग गर्ने एक महत्वपूर्ण प्रक्रिया हो।” उनले समाजमा समानताको भावना जागृत गर्न र देशको समृद्धिमा योगदान पुर्याउन शिक्षामा सुधार आवश्यक रहेको जोड दिए।
उपाध्यक्ष यादवले विशेषगरी छोरीहरूको शिक्षा र पहुँचको विषयमा पनि छलफल गरे। उनले भने, “दुर्गम क्षेत्रका गाउँमा शिक्षा अझै पहुँचमा छैन, र यसले समाजमा समानताको भावना कमजोर बनाएको छ।” उनले सरस्वती माध्यामिक विद्यालयको सराहना गर्दै यसको गुणस्तरीय शिक्षामा उल्लेखनीय भूमिका खेलेको छ भन्ने बताए।
कार्यक्रममा पूर्व मन्त्री डा. नारायण खड्काले शिक्षा बिनाको समाजको रूपान्तरण असम्भव रहेको टिप्पणी गरे। उनले पनि शिक्षा प्रणालीलाई समसामयिक र प्राविधिक दृष्टिकोणमा सुधार गर्नुपर्नेमा जोड दिए।
चौदण्डीगढी नगरपालिका नगर प्रमुख कालुमान लामाले शिक्षा सुधारको लागि नगरपालिका कम्मर कसेर लागिरहेको बताए। उनले आगामी १० वर्षमा यसका सकारात्मक परिणामहरू देखिने आशा व्यक्त गरे।
कार्यक्रममा क्याम्पसको स्वर्ण जयन्ती र अभिभावक दिवसको अवसरमा शिक्षा र स्वास्थ्यको सुधारमा जोड दिइएको थियो। नगर प्रमुख लामाले शिक्षा र स्वास्थ्यको सुधारका लागि नगरपालिका प्राथमिकतामा लागिरहेको बताए।































