काठमाडौं, १६ पुस। आज सेयर बजारमा गिरावट आएको छ। मंगलबार नेप्से ३३.०८ अंक घटेर २५७६ अंकमा झर्यो। अघिल्लो कारोबार दिन २६०९ अंकमा रहेको बजार यस दिन घटेको हो। बजार घट्दा कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६७ करोडको कारोबार भएको छ।
यस दिन २८ कम्पनीको मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो। अन्य समूह बाहेक सबै सेक्टरका सूचक घटेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर लगायतका क्षेत्रका सूचकमा गिरावट आएको छ।
नाडेप लघुवित्त र उपकार लघुवित्तको मूल्य ४ प्रतिशत बढेको छ भने निफ्राको ३.३२ र रसुवागढी हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य बढ्यो। ४ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

































