काठमाडौँ, १६ पुस। प्रतिनिधिसभाको सचिवको पदमा हर्कराज राईलाई नियुक्त गरिएको छ। सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राईलाई सचिवको रूपमा नियुक्ति दिएका हुन्।
राईलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त गरिएको हो। यस अघि, प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि रिक्त पदमा राईलाई नियुक्त गरिएको हो। राई झापाका नागरिक हुन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























