काठमाडौं, १७ पुस। संघीय संसदअन्तर्गतका चार संसदीय समितिका बैठक बुधबार (आज) बस्दै छन्। बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोवासबारे छलफल हुने भएको छ।
त्यसैगरी, पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे नै सुरु हुनेछ। बैठकमा समितिमा प्राप्त उजुरीका विषयमा छलफल हुनेछ।
सवा २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गरिनेछ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे नै बस्नेछ। बैठकमा मिति २०८१/०५/११ मा मन्त्रालयलाई दिइएको निर्देशनको कार्यान्वयन अवस्थाबारे समीक्षा हुनेछ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























