पोखरा, १७ पुस । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार यो संख्या अहिलेसम्मकै धेरै हो। ती पर्यटकमध्ये एक लाख ३२ हजार ९४ दक्षिण एसियाली मुलुकका र एक लाख ११ हजार नौ सय ५१ अन्य मुलुकका रहेका छन्। यसअघि सबैभन्दा धेरै सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका थिए।

कोभिड–१९ महामारीका कारण घटेको पर्यटक आगमन पछिल्लो दुई वर्षयता पुरानै लयमा फर्किएको छ। सन् २०२१ मा १६ हजार एक सय पाँच मात्र पर्यटक आएकोमा सन् २०२२ मा यो संख्या एक लाख २९ हजार सात सय ३३ पुगेको थियो।

अन्नपूर्ण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङजस्ता गन्तव्य पर्यटकका मुख्य आकर्षण हुन्। सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक धरोहरका लागि प्रसिद्ध छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0