काठमाडौं, १७ पुस । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई सरुवा गरिएको छ। एआइजी किरण बज्राचार्य अनिवार्य अवकाशपछि तामाङले कमान्ड सम्हाल्ने भएका हुन्।
यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत तामाङलाई मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तोकेको गृह मन्त्रालय स्रोतले जनाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

































