
काठमाडौं, १७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराए।
राजदूतहरूको नामावलीमा प्रकाशमणी पौडेल (पोर्चुगल), डा. नेत्रप्रसाद तिम्सिना (मलेसिया), प्रा. डा. कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सेवा लम्साल (बेल्जियम), र सुम्निमा तुलाधर (डेनमार्क) समावेश छन्। राष्ट्रपतिको सचिवालयले यो जानकारी सार्वजनिक गरेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























