काठमाडौँ । सरकारले संसदको हिउँदे अधिवेशन पुसको अन्तिम साता बोलाउने तयारी गरेको छ। एक मन्त्रीका अनुसार अधिवेशन माघ महिनामा वा पुसकै अन्तिम दिनमा पनि बस्न सक्छ। सत्तारुढ दलले संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने प्रयासमा जुटेको छ र विधेयक अगाडि बढाउन एमालेले फोकल पर्सन तोकेको छ। यसअघि, भदौ ३१ गते संसदको वर्षे अधिवेशन समाप्त भएको थियो र लामो समयसम्म अधिवेशन नबोलाएको भन्दै प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गरेका थिए।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























