पोखरा, १८ पुस। सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट जाहेरीवालाको बयान कास्की जिल्ला अदालतमा सुरू भएको छ। हिजोसम्म थुनछेक बहस सकिएपछि न्यायाधीश नीतिज राईको इजलासमा जाहेरीवालाको तर्फबाट बहस अघि बढाइएको हो।

मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको संलग्नतामा सुनुवाइ भइरहेको छ। सरकारी वकिल कार्यालयका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा र अन्यले हिजो बहस सम्पन्न गरेका थिए।

स्रेस्तेदार राजन खनालका अनुसार जाहेरीवालाको बयान सकिएपछि प्रतिवादीका वकिलहरूको बहस हुनेछ। अन्त्यमा उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले जवाफी बहस गर्ने कार्यक्रम रहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0