काठमाडौं, पुस २२ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आफूले जितेका पालिकाहरूमा समाजवादी मोडेलको अभ्यास गर्ने भएको छ। आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस सम्बन्धी प्रारम्भिक प्रस्ताव प्रस्तुत गरेका हुन्।
अध्यक्ष दाहालले माघ मसान्तभित्र पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र सोही प्रशिक्षणमा समाजवादको अवधारणा र स्थानीय तहमा यसको कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिने बताए। छलफलपश्चात सम्भव भएसम्म माओवादी केन्द्रले जितेका पालिकाहरूमा समाजवादी मोडेलको अभ्यास थालिने उनको भनाइ छ। यस कदमले पार्टीको संगठनलाई थप सुदृढ बनाउनुका साथै स्थानीय स्तरमा विकास र समृद्धिका नयाँ आयामहरू थप्ने विश्वास लिइएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























