काठमाडौं, पुस २३ । पटक–पटक भूकम्प जाँदैमा ठुलो भूकम्पको जोखिम हुन्छ भन्न नमिल्ने भूकम्पविद्हरूले बताएका छन्। भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनीहरूको भनाइ छ। खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले पटक–पटक भूकम्प जाँदैमा तत्कालै अर्को ठुलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए।

मंगलबार बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको ६.८ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसहित मुलुकको पूर्वी भेगमा महसुस भएको अधिकारीले जानकारी दिए। पटक–पटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ र त्यस्तो ठाउँमा साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठुलो भूकम्प जान सक्ने सम्भावना रहने भए पनि अहिलेसम्म भूकम्प जाने भविष्यवाणी गर्न नसकिएको उनले स्पष्ट पारे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0