काठमाडौं, पुस २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेलकुद क्षेत्रको विकासका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन्। बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले महिला फुटबल नेपालमा धेरै पुरानो खेल नभएको र केही समयअघिसम्म फुटबल धेरैको रोजाइको खेल भए पनि अहिले क्रिकेटले पनि उत्तिकै लोकप्रियता पाइरहेको बताए। फुटबल र क्रिकेटबीच प्रतिस्पर्धा नै चलिरहेको जस्तो देखिएको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले खेलाडीहरूको प्रगतिको कामना गर्दै आगामी दिनमा नेपालले खेलकुदमा ठुला सफलता हात पार्ने विश्वास व्यक्त गरे। उनले प्रशिक्षकको भूमिका महत्त्वपूर्ण हुने भन्दै खेलाडीको कमजोरी पहिचान गरी सुधार गर्नुपर्नेमा जोड दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0