पोखरा, २३ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से ६.१६ अङ्कले बढ्दै २६४६.८४ बिन्दुमा पुगेको छ। तीन सय पाँच कम्पनीको एक करोड २० लाखभन्दा बढी कित्ता शेयर ६६ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कारोबार रकम पाँच अर्ब ३८ करोड ४६ लाख नाघेको छ।

आज बैंकिङ, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, र अन्य समूहका उपसूचकमा सामान्य गिरावट आएको छ। बैंकिङ समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूह शून्य दशमलव ०४ प्रतिशतले घटेको हो। यस्तै, उत्पादन तथा प्रशोधन र अन्य समूहका उपसूचक पनि सामान्य गिरावटमा देखिएका छन्।

लगानी समूह स्थिर रहँदा वित्त समूहले सबैभन्दा धेरै दुई दशमलव ६५ प्रतिशतको वृद्धि गरेको छ। विकास बैंक, जलविद्युत्, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा, र व्यापार समूहका उपसूचक पनि सकारात्मक रहेका छन्।

सप्तकोशी डेभलपमेन्ट बैंक र ङादी हाइड्रोपावरका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीका शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0