काठमाडौँ, पुस २३ । प्यालेस्टिनी आतङ्ककारी समूह हमासले इजरायलसँग युद्धविराम भएमा ३४ इजरायली नागरिकलाई पहिलो चरणमा रिहा गर्ने जनाएको छ। २०२२ को अक्टोबर ७ मा हमासले इजरायलको गाजा नजिकबाट सयौं सर्वसाधारणलाई अपहरण गरेको थियो। हमासले जारी गरेको सूचीमा ५० देखि ८५ वर्ष उमेर समूहका १० महिलासहितका नागरिक समावेश छन्।

सो घटनामा एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो, जसमा १० जना नेपाली विद्यार्थी पनि परेका थिए। हमासले आक्रमणपछि नेपाली विद्यार्थी विपिन जोशीलगायतलाई पनि प्यालेस्टिनी भूमिमा अपहरण गरी लगेको थियो।

नेपाल सरकारले विपिनको रिहाइका लागि कूटनीतिक प्रयास जारी राखेको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल, कतार र इजिप्टका राजदूतसँग नियमित सम्पर्क राख्दै विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छिन्। उनले संयुक्त राष्ट्रसङ्घको महासभा, असंलग्न राष्ट्रको सङ्गठन, जी–७७, र जी–२० मन्त्रिस्तरीय बैठकमा समेत विपिनको रिहाइका लागि विश्व समुदायलाई ध्यानाकर्षण गराएकी छिन्।

नेपालस्थित इजरायली र कतारी राजदूतहरूसँग सरकारको समन्वय जारी छ भने मध्यपूर्वी नेपाली राजदूतलाई पनि यसबारे आवश्यक पहल गर्न निर्देशन दिइएको छ। केही समयअघि प्राप्त भिडियो प्रमाणबाट विपिन जीवित रहेको पुष्टि भए पनि उनको सकुशल रिहाइ सुनिश्चित गर्न सरकारको प्रयास अझै जारी छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0