रुपन्देही, २५ पुस । शीतलहरका कारण जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालयहरूमा जाडो बिदा दिएका छन्। अत्यधिक चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले तिलोत्तमा नगरपालिकाले पुस २४ देखि २९ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्न निर्देशन जारी गरेको हो।
नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यका अनुसार ५० दिने वार्षिक बिदाबाबा समायोजन गर्दै विद्यालय बन्द गरिएको हो। यस्तै, बर्दघाट नगरपालिकाले पनि पुस २४ देखि २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
चिसोका कारण स्थानीय बालबालिका र अभिभावकलाई ठूलो समस्या भएको बताइएको छ। यसअघि पनि यस्तो अवस्थामा बालबालिकाको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णयहरू हुँदै आएका थिए।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























