पोखरा, २५ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने घोषणा गरेकी छिन्। बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन) द्वारा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री भट्टराईले १० कक्षाको परीक्षा अब प्रदेश सरकारले संचालन गर्ने तयारीमा रहेको जानकारी दिइन्।
उनले, “राष्ट्रिय परीक्षा बोर्ड एक मात्र राखिनेछ र १२ कक्षासम्मको परीक्षा एउटै बोर्डबाट लिइनेछ,” भनिन्। साथै, मन्त्री भट्टराईले नतिजा सुधारका लागि कार्यदलको गठन भएको र यसबारे काम भइरहेको बताइन्।
त्यसैगरी, उनले कक्षा ९ र ११ का विद्यार्थीसँग अब रजिस्ट्रेशन शुल्क नलिने र विलम्ब शुल्क पनि नलिने निर्णय गरिएको जानकारी दिइन्। यसले विद्यार्थीदेखि शुल्कको बोझ घटाउने योजना गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

































