पोखरा, २५ पुस । एनसेलले आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस) प्रमाणपत्र प्राप्त गरेर सूचना सुरक्षा र गोपनीयतामा नयाँ मापदण्ड स्थापित गरेको छ। यी प्रतिष्ठित मान्यताले एनसेलको डाटा सुरक्षा र गोपनीयतामा नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ र ग्राहकहरूको विश्वास बढाउनेमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

एनसेल नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ जसले सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस)मा प्रमाणित मान्यता प्राप्त गरेको हो। यसले ग्राहकहरूको व्यक्तिगत र संवेदनशील जानकारी सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ। एनसेलका डाटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेजले यी मान्यताहरू प्राप्त गरेका छन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने, “यी मान्यताहरू प्राप्त गर्नु हाम्रो निरन्तर प्रयासको परिणाम हो र यसले हाम्रो उत्कृष्टता र सुरक्षा प्रति समर्पणलाई स्पष्ट पार्दछ। हाम्रो टिमको समर्पणमा म गर्व गर्छु र हामी सूचना सुरक्षा र डेटा गोपनीयताका उच्चतम मापदण्डहरू कायम राख्नेछौं।”

आइएसओ २७००१ मान्यताले एनसेललाई ग्राहक डाटा सुरक्षा र गोपनीयताका उच्चतम मापदण्डहरूको पालना गर्ने प्रमाण प्रदान गर्दछ। यसले ग्राहकहरूको जानकारी साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलको सशक्त उपायहरूको पुष्टि गर्दछ। त्यस्तै, आइएसओ २७७०१ मान्यताले व्यक्तिगत डेटा सुरक्षा र गोपनीयता उल्लंघनको जोखिमलाई कम गर्नमा एनसेलको प्रतिबद्धतालाई पुष्टि गर्छ।

एनसेलले यी मापदण्डहरू पालना गरेर ग्राहकहरूलाई सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ। यसले ग्राहकहरूको डाटा उच्च स्तरको सुरक्षा र गोपनीयतासाथ ह्यान्डल गर्न सुनिश्चितता प्रदान गर्दछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0